Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ईमेज लोक कलाकारको उपाधी आरके नेपालीलाई, पब्लिक च्वाईसतर्फ अवार्ड जिते शितल गुरुङले


0
Shares

काठमाडौं, बैशाख १३ । ईमेज लोककलाकार सिजन–दुईको उपाधि रामेछापका आरके नेपालीले जितेका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा नेपालीले उपाधी विजेता बनेका हुन् । उनले डेढ लाख रुपैयाँ समेत हात पारेका छन् ।

यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।

देशका विभिन्न स्थानमा गरिएको अडिसन राउण्डमा एक हजार बढी कलाकार सहभागी भएकोमा विभिन्न चरण पार गर्दै पछिल्लो आठ महिनाको अवधिमा फाइनल राउण्ड पार गरी टप टेन हुदै पाँच जना प्रतियोगीबाट विजेता छनौट गरिएको हो ।

टप फाइभमा बत्ती थापामगर, भगवती खाती, शीतल गुरुङ, रामकुमार नेपाली र मोहन केसी पुगेका थिए । नेपाली लोकसंगीतको संरक्षण र श्रीवृद्धिमा जुटेको इमेज च्यानलले विगत दुई वर्षदेखि इमेज लोककलाकार नामक रियालिटी शो गर्दै आएको छ ।

ग्राण्ड फिनाले कार्यक्रममा मन्तब्य दिंदै ईमेज गू्रपअफ कम्पनीजनका अध्यक्ष आरके मानन्धरले लोक संगीतका सर्जकहरुलाई प्रोत्साहन गर्न र नयाँ पुस्तालाई मञ्च प्रदान गर्ने उद्धेश्यले ईमेज लोककलाकार प्रतियोगिता संचालन गरेको धारणा राख्नुभयो ।

ईमजे लोक कलाकारको विजेता घोषणा कार्यक्रमको ईमेज च्यानल, ईमेज एफ ९७.९ र ईमेज न्युज एफ एम १०३.६ ले प्रत्यक्ष प्रसारण गरेका थिए ।