
काठमाडौं, साउन ३० । नयाँ प्रतिभाको सम्मान तथा प्रोत्साहन स्वरुप इमेज अवार्ड, भिजे हन्ट, मेगा मोडल जस्ता चर्चित कार्यक्रम गर्दै आएको इमेज च्यानलले लोक गीत गायनको बृहत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘इमेज लोक कलाकार’ नाम दिएको यो कार्यक्रम देशका विभिन्न स्थानमा रियालिटी सो मार्फत उत्कृष्ट लोक गायक छनौंट गरिने छ ।
प्रतियोगितामा सहभागी हुनका लागि हालसम्म एल्बम सार्वजनिक नगरेका तथा विशुद्ध लोकगीत गायनमा रुची भएका प्रतिभाहरुलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
पहिलो चरणमा पोखरा, इटहरी र काठमाडौंमा अडिसन गरिने छ । प्रतियोगितामा भाग लिन दुईसय रुपैंयाँ शुल्क तिरेर आवेदन फारमा भरेर इमेज च्यानलका सम्पर्क कार्यालयहरुमा आवेदन बुझाउन सकिने छ ।
नेपालमा हराउँदै गएको लोक संस्कृतीलाई जगेर्ना गर्दै नयाँ प्रतिभा उत्पादन गर्न कार्यक्रम आयोजना हुन लागेको बताइएको छ । फाइनल राउण्डमा उत्कृष्ट भएका प्रतिभालाई नगद पुरस्कार, एल्बम निकाल्न प्रायोजन तथा अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्