Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मानव तस्करी प्रकरणमा तीन सांसदले दिए बयान


0
Shares

काठमाडौं, भदौ २ । स्पेनमा आयोजित कार्यक्रममा नक्कली पिएलाई आफूसँगै लगेर मानव ओसारपसार गर्ने प्रयास गरेको आरोप लागेका माओवादी केन्द्रका ८ सांसद्सँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ ।

सो प्रकरणमा तानिएका ८ मध्ये तीन जना सांसद सृजना तमारू, रुपा महर्जन र सन्तकुमार थारुसँग सिआइबीले बुधबार बयान लिएको हो ।

कुटनीतिक राहदानी प्रयोग गर्दै सांसदको हैसियतमा स्पेनको कार्यक्रममा भाग लिन जान भिसा आवेदन गर्दा कन्सुलर विभागको पत्र किर्ते गरेर असम्बन्धित ब्यक्तिलाई सहयोगी बनाएर स्पेन लैजाने प्रयास गरेको घटनामा माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।

सांसदको संलग्नतामा भएको मानव ओसारपसारबारे समाचार प्रकाशित भएपछि अनुसन्धान शुरु गरेको सिआइबीले तीन दिन अगाडि सांसदका सहयोगी करिअर ब्रिज कन्सल्टेन्सी सञ्चालक रोहित भन्ने दिनेश खड्कालाई पक्राउ गरेको थियो ।

अनुसन्धानमा नक्कली पिए बनाइएकाहरूसँग खड्काले १२ देखि १६ लाख रुपैयाँसम्म असुलेको खुलेको थियो । प्रहरीले खड्कामाथि सरकारी दस्तखत किर्तेको अभियोग लगाएको छ ।

सड्का पक्राउसँगै सांसदहरु अनुसन्धानको दायरामा आएपछि सीआइबीले संसद सचिवालयसँग अनुमति लिएर बुधबारबाट सांसदको बयान सुरु गरेको हो । –कान्तिपुर दैनिकबाट