२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


दसैंमा जनतालाई सहुलियत दिने सरकारको तयारी, ग्यासमा छुट पाइने


0
Shares

काठमाडौं, भदौ १३ । आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ ।

असोज १ गतेदेखि संचालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो ।

चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए ।

सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ, खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ लगायतका अधिकारीसित छलफल भएको थियो । –कान्तिपुर दैनिकबाट