२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बालकको बलि दिने अभियुक्तहरुलाई जन्मकैद


0
Shares

काठमाडौं, भदौ १५ । बालकलाई बलि दिइ हत्या गरेको अभियोगमा नवलपरासी अदालतले एकजनालाई सर्वस्व र ९ जनालाई जन्मकैदको सजाय दिएको छ ।

घटनाको अभियुक्त एक नाबालकलाई अदालतले ६ महिनाको सजाय गरेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसला अनुसार जन्मकैदको सजाय पाउनेमा तीन परिवारका नौजना छन् । बालकलाई बलि दिने मुख्य तान्त्रिकलाई पनि जन्मकैदको सजाय गरिएको छ ।

गत वर्ष साउन ५ गते नवलपरासी कुडिया गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको छिमेकी कोदाइ हरिजनले अन्य दुई झाक्रीसँग मिलेर हत्या गरेका थिए ।

झाँक्री कोदईले आफ्ना छोरा छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाउँमा सोनुलाई बलि चढाएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट