Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


गौरीफन्टालाई अन्तर्राष्ट्रियस्तरको नाका बनाउन माग


0
Shares

काठमाडौं, भदौ १७ । सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व, सभासदसहितको टोलीले कैलालीको गौरीफण्टास्थित नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाका बनाउन माग गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकजाँच, रेलमार्ग, सडक संजालसहित अन्तर्राष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग गरेको हो ।

प्रतिनिधिमण्डलले यो नाकालाई ७ नं प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधारा चादनीमा सुख्खा बदरगाहा निर्माण गर्न पनि माग गरेको छ । प्रतिनिधिमण्डलले सुदूरपश्चिमाञ्चलको समग्र विकासका लागि विभिन्न मागहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासका लागि विशेष रुपमा पहल गर्नुपर्छ भन्नेमा आफ्नो ध्यान रहेको भन्दै गौरीफन्टा नाकाको स्तरबृद्धि एवम् सुख्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढाउने बताए ।