Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


घरमा लास पठायो साउदी सरकारले, तर उनी भन्छन्– ‘म जिउँदै छु’


0
Shares

काठमाडौं, भदौ २२ । साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन् ।

तर नेपाल फर्कन उनलाई समस्या छ । त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् ।

जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग–५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ । तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन ।

‘साउदी सरकारले यसलाई गम्भीर रुपमा लिएको छ, यस घटनामा संलग्न अधिकारीहरुलाई छानविन गरिरहेको छ,’ जेद्दास्थित नेपाली महावाणिज्य दुतावासका कर्मचारी मनहरी दंगालले भने, ‘छानविन नसकिएसम्म सुवासलाई पठाउन सकिदैंन ।’

सुवास तीन वर्षदेखि जेद्दास्थित हुन्डाई ह्याबी इन्डस्ट्रिजमा कार्यरत थिए । ‘मलाई परिवारले मरेको भनेर काजकिरिया पनि गरिसकेको रहेछ । म सामान्य अवस्थामा फर्किएको छु,’ उनले भने, ‘कम्पनीले गर्नुपर्ने दायित्व सबै पुरा गरेको छ । बस्न खान समस्या छैन । स्वदेश छिटै जान पाए हुन्थ्यो ।’ –कान्तिपुर दैनिकबाट

Skip This