५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


संविधानविद् भीमार्जुन आचार्यको ‘अतीत’ सार्वजनिक


0
Shares

काठमाडौं, चैत २३ । संविधानविद् डा. भीमार्जुन आचार्यको गजलसंग्रह ‘अतीत’को शनिबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजालले डा. आचार्यको गजलसंग्रह विमोचन गरेका हुन् ।

संग्रहमा ६ ओटा गजल रहेका छन । सबै गजलहरु डा. आचार्यको स्वरमा रहेका छन् ।

डा. आचार्यको यो चौथो संग्रह हो ।