Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा


0
Shares

पाँचथर । पाँचथरको फिदिममा शनिबारदेखि शुरु हुने तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर फुटवल क्लबले फिदिम माविको खेल मैदानमा हुने उद्घाटन खेलमा डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङबीच प्रतिस्पर्धा हुने जनाएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी १० टिमको सहभागिता रहने क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।

वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउने छन् ।