
काठमाडौं । चर्चित अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लभ स्टेसन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिज अन्तर्गत यसहप्ता ‘लभ स्टेसन’ सोलो अर्थात एकल प्रदर्शनमा आएको हो ।
हरेक साता दुई या सोभन्दा बढी चलचित्र एकसाथ प्रदर्शन हुँदै आएकोमा लभ स्टेसनले भने एक्लै प्रदर्शन हुने मौका पाएको छ ।
गोविन्द शाहीले निर्माण गरेको चलचित्रमा प्रदिप र जसिताको अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ ।
पहिलो दिन देशभरका करिब एकसय वटा हलहरुमा सो प्याक भएको निर्माण टिमका गोविन्द शाहीले जानकारी दिए ।
काफिया फिल्मसको व्यानरमा आएको चलचित्रमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण पक्षमा भूमिका रहेको छ ।
प्रेम, रोमान्स र जिम्मेवारी समेटिएको चलचित्रले युवा पुस्ताको सोच, शैली, संघर्ष, सपना र दायित्वलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माणमा ।व्यबस्थापन रहेको छ ।
चलचित्रको ट्रेलर र गीत–संगीत दर्शकले रुचाएका छन् । दार्जिलिङ, काठमाडौं, भियतनाम, इलाम, झापा आदि स्थानमा छायांकन गरेको चलचित्रमा करिब २ करोड रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्