२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


दुई बन्दुकधारीले होटलमै बन्धक बनाए किम कार्दाशियनलाई


0
Shares

पेरिस, असोज १७ । प्रख्यात अमेरिकी रियलिटी टेलिभिजन स्टार किम कार्दाशियनलाई बन्दुकधारीले होटलमै बन्धक बनाएका छन् ।

आइतबार राति पेरिसस्थित उनी बसेको होटलमा सुरक्षाकर्मीको भेषमा दुई बन्दुकधारी प्रवेश गरेका थिए । किम बसेको कोठामा प्रवेश गरी उनलाई ती बन्दुधकारीले बन्धक बनाएका थिए ।

अधिकारीहरुका अनुसार किम कोठामा एक्लै थिइन् । बन्दुकधारीहरु लुटपाटमा संलग्न रहेको पेरिस प्रहरीले जनाएको छ । किमलाई कुनै प्रकारको शारीरिक चोट वा क्षति नभएको बताइएको छ ।

न्यूयोर्कको मिडोज फेस्टिवलमा सहभागी उनका पति कान्ये वेस्टले घटनाबारे थाहा पाउनासाथ कार्यक्रम छोडेर हिँडेका थिए । आयोजकले कान्ये वेस्ट कार्यक्रमको बीचमै जानु परेको सूचना जारी गरेको थियो ।

पेरिस प्रहरीले सो घटनामा कसैलाई गिरफ्तार गरेको छैन । नकाबधारी लुटेरा समूहले के कति नगद तथा जिन्सी लुटेको हो भन्नेबारे खुलाइएको छैन । (एजेन्सी)