Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपालमा हिन्दी राष्ट्रिय भाषा हुनै सक्दैनः मन्त्री निधी(भिडियो)


0
Shares

काठमाडौं, असोज १७ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले हिन्दी भाषा राष्ट्रिय भाषा बनाउने विषयमा छलफल नै नभएको प्रष्टीकरण दिएका छन् ।

नेपालमा हिन्दी बोलिए पनि राष्ट्रिय भाषा भने हुन नसक्ने उनले प्रष्ट पारे । हामीसंग कुरा गर्दै मन्त्री निधिले आफू हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन लागेको भन्ने प्रचार गलत भएको बताए ।

संविधान संशोधनका लागि प्रदेश सिमांकन, राष्ट्रिय सभामा प्रतिनिधित्व, अंगिकृत नागरिकतालगायतको विषयमा सहमति नजिक पुगेको र चाडबाडकै बीचमा राजनीतिक सहमति जुटाई पर्वहरु सकिएलगत्तै संसदमा संशोधन दर्ता गरिने उनले बताए ।

मन्त्री निधिले चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको लक्ष्य रहेको भन्दै अबको दुई हप्तामा स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन दिएमा १६ महिना भित्रै सबै निर्वाचन सक्ने तयारी सरकारको छ भने ।

मन्त्री निधिले भारत–पाकिस्तान सीमामा देखिएको विवादमा नेपाल कसैको पक्षमा नउभिएको भन्दै नेपाल संधै आतंकवादको विपक्षमा रहेको मात्र प्रष्ट्याएको हो,भने ।

कुनै एक सदस्य राष्ट्रले भाग नलिने बित्तिकै सार्क सम्मेलन नहुने यसको चार्टरमै उल्लेख गरिएको भन्दै नेपालले अब सार्क राष्ट्रबीच समन्वयका लागि पहल थाल्ने बताए ।

Skip This