लमजुङ, असोज १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश गम्भीर संकटमा परेको र अराजकतातर्फ जान लागेको बताएका छन् ।
लमजुङमा सञ्चारकर्मीसँग नेता कोइरालाले देशलाई अराजकतातर्फ लैजान सर्वोच्च अदालत, अख्तियार, राज्य पुनर्सरचना लगायतका आयोग लागिपरेको आरोप लगाए ।
उनले अहिले सर्वोच्च अदालत, अख्तियार, राज्यपुनर्संरचना आयोगको सरकारसँग राम्रो सम्बन्ध नभएकैले देशमा अराजकता ल्याउन विदेशीले चलखेल गरिरहेको बताए ।
उनले गूटबन्दीको कारण सरकारमा समेत कांग्रेसको भूमिका अत्यन्तै कमजोर देखिएको गुनासो गरे ।





प्रतिक्रिया दिनुहोस्