Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संविधान कार्यान्वयनमा कुनै समस्या हुँदैन : सिटौला


0
Shares

विराटनगर, असोज १७ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तीनओटा ठूला दल संविधान कार्यान्वयनको पक्षमा रहेको भन्दै संविधानको कार्यान्वयनमा कुनै समस्या नहुने दाबी गरेका छन् ।

सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयका लागि मुख्य तीन दल एक हुनुको विकल्पसमेत नरहेको प्रस्ट पारे ।

कात्तिक महिनाभित्रै स्थानीय निकाय चुनावको घोषणा भइ चैतभित्रै चुनाव सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।