इलाम, असोज १७ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नयाँ संविधान कार्यान्वयनमा सहयोग गरिरहेको दाबी गरेका छन् ।
सोमबार इलाममा आयोजित कार्यक्रममा उनले संसदमा रहेका राजनीतिक दलहरूले छिटो संविधान संशोधन नगरे देशका विभिन्न स्थानमा आन्दोलन उठ्नसक्ने दाबी गरे ।
संविधान संशोधन गरेर सबैले आफ्ना लागि बनेको संविधान सोच्नेगरी कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्