५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


राहत लिएर तराई झरे धुर्मुस, पीडित ४०० परिवारलाई वितरण


0
Shares

काठमाडौं, चैत १९ । धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बाराको फेटा गाउँपालिका–६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्‍याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।