Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


मौलिकता राष्ट्रको धरोहरः पूर्व राष्ट्रपति डा. यादव


0
Shares

काभ्रेपलाञ्चोक । पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ सम्मान कार्यक्रममा उनले भने ‘मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।’

सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताउँदै पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मंगोल सभ्यताको बीचमा रहेकाले नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । 

‘वेदबाट शुरुभएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ’, भन्दै उनले ‘अब पनि मौलिकता छाड्नुहुन्न’ भने । 

नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनले जिकीर गरे । 

अर्को प्रसंगमा पूर्व राष्ट्रपति डा. यादवले विपन्नताले ग्रसित हाम्रो मुलुकमा अहिले परिवर्तन आएकाले मुलुकबाट विपन्नता हट्ने अपेक्षा गरे । 

कार्यक्रममा नाट्यश्वर दशक–सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न–सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गरिएको थियो ।(रासस)