५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


चलचित्र ‘शुभलभ’: ज्योतिष विज्ञानको मौलिक कथा दर्शकले रुचाए


0
Shares

काठमाडौं । चैत १५ गतेदेखि देशभरका हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘शुभलभ’ ले दर्शकको मन खिच्न थालेको छ ।

मौलिक कथाबस्तुमा तयार भएको शुभलभमा कतैपनि नलेखिएको र दृष्यमा नउतारिएको पृथक कथाबस्तुले दर्शक तानिएको निर्माण पक्षको दाबी छ ।

‘अनटोल्ड’ एस्ट्रोलोजी अर्थात ज्योतिष विज्ञानको स्टोरीमा आधारित रहेको कारण यो चलचित्र नयाँ र मौलिक भएकाले दर्शकहरुले फरक स्वाद लिइरहेको निर्माण टिमको भनाइ छ ।

माया प्रेम, रोमान्स, द्धन्द्ध, एक्सन र डाईलग मात्र होइन शुभलभले दिएको सन्देशलाई दर्शकले तारिफ गरेका छन् ।

चलचित्रको सुरुवातमा विद्यार्थीमा खोजी र अनुसंधानको पाटोसंगै संस्कारको सन्देश दिन खोजिएको छ  ।

अन्तरमनदेखिको प्रेममा शक्ति र सफलता दुबै जोडिएको हुन्छ भन्ने यो चलचित्रको सन्देश विशेष मानिएको छ ।

चर्चित ज्योतिषबाट कथाबस्तु सुरु हुने यस चलिचित्र मुलत ज्योतिष विज्ञान र मेडिकल साइन्सको सान्दर्भभिकतामा केन्द्रित छ ।

कथा लेखक नै चलचित्रका नायक समेत रहेका चर्चित युवा ज्योतिष भएकाले चलचित्रले ज्योतिष विज्ञानका कमजोर पक्षहरुलाई लुकाउन सक्ने आंकलन धेरैको हुन सक्छ ।

तर चलचित्रमा ज्योतिष विज्ञान के हो ? के के ? सम्भव र असम्भब छ ज्योतिष विज्ञानमा भन्ने तथ्य समेटिएको छ ।

विरामीको उपचारमा प्रयोग गरिने नयाँ र नौलो अभ्यास ‘ज्योतिष, डाक्टर, बैध र सम्बन्धित बिषयका अनुसंधानकर्ता’ को प्रयोगले हलमा पुगेका दर्शकको ध्यान पुरै केन्द्रित गरेको छ ।

१० बर्षपछि फिल्म निर्देशनमा फर्किएका सन्तोष लोहनीले नयाँ र नौलो कथाबस्तुमा दर्शकले कल्पना बाहिरको प्रसंगलाई स्थान दिएका छन् ।

लभ स्टोरी जनरामा बनेको चलचित्र “शुभ लभ”मा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ ।

बुद्ध ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘शुभ लभ’ प्रदीपकुमार उदयको प्रस्तुति र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।