Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


‘तरकारीवाली’कुसुमलाई मोडलिङ गर्ने रहर


0
Shares

काठमाडौं, कात्तिक २० । संसारभर सामाजिक सञ्जालमा ‘तरकारीवाली’ नामले चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठले आफ्ना तस्वीरहरुका बारेमा आएका प्रतिक्रियाले खुशी लागेको बताएकी छन् ।

गोरखा, बाग्लिंगका कृषक परिवारकी छोरी उनी तरकारीको भारी बोकिरहेको र गोलभेँडाको डालोमा हात राखेर मोबाइलमा कुराकानी गरिरहेको आफ्नो तस्वीर इन्टरनेटमा ‘भाइरल’ भएपछि एकाएक चर्चाको पात्र बनेकी थिइन् ।

कतिपयले उनको तुलना हालै इन्टरनेटमा चर्चित बनेका एक जना पाकिस्तानी ‘चायवाला’ पुरुष अरशद खानसंग गरेका छन् ।

हाल चितवनमा कक्षा ११ मा अध्ययनरत कुसुम श्रेष्ठले आफ्ना आमाबाबुले तरकारी खेती गर्ने गरेको र बिदामा जाँदा तरकारी बिक्री गर्न आफूले परिवारलाई सघाएको बताएकी छन् ।

त्यसक्रममा तरकारी लिएर चितवनको फिसलिङ् आउँदै गर्दा खिचिएको तस्वीर सामाजिक सञ्जालमा चर्चित भएपछि देशीविदेशी सञ्चारमाध्यमले उनलाई ‘सुन्दरी तरकारीवाली’ भन्दै समाचारहरु प्रसारण, प्रकाशन गरेका थिए

बीबीसी नेपालीका चितवन संवाददाता ईश्वर जोशीसंग कुरा गर्दै उनले कसैले अवसर दिए आफू मोडलिङ् गर्न इच्छुक रहेको पनि बताएकी छन् ।