Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


सागरलाई मिल्यो नायिक प्रेक्षासँग डेटिङ गर्ने अवसर


0
Shares

काठमाडौं, कात्तिक २१ । प्रेक्षा बज्राचार्य (परी) बहुआयमीक सुन्दरी हुन् । उनी गायिका हुन्, र्यापर हुन्, भिडियो ब्लगर हुन् । यस्तै, थांका कोर्छिन्, मोडलिङ गर्छिन् र चलचित्र ‘जात्रा’मार्फत उनी नायिका बन्दैछिन् ।

उमेरले भर्खर २२ पुगेकी यी बहुआयामीक सुन्दरीसँग धनगढीका सागर जोशीले डेटिङ गर्ने अवसर पाएका छन् । अर्को शुक्रबार (कार्तिक २६) देखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ ले गरेको ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागी भएर सागरले प्रेक्षासँग डेटिङ गर्ने अवसर पाएका हुन् ।

फिल्मको नयाँ प्रचार शैली अपनाउँदै ‘जात्रा’ ले कलाकारसँग दर्शकलाई डेटिङको अफर ल्याएको थियो । सोहि अफरअन्र्तगत अघिल्लो साता नायिका वर्षा राउतले दर्शकसँग डेट गरेकी थिइन् ।

अर्को हप्ता जात्रा फिल्मको अफिसीयल पेजमा गएर ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागी हुने एक, एक जनाले विपीन कार्की (भष्मे डन) र रविन्द्र सिंह बानीयाँ (हनुमानजी) सँग डेट गर्न पाउने छन् ।

प्रेक्षासँग डेट गर्ने अवसर पाएका सागर संचारकर्मी पनि हुन् । नायिकासँग डेटिङको अनपेक्षित अवसर पाएकोमा मख्ख पर्दै उनी भन्छन्,“परी साँच्चीकै परी रहिछन्, डेटिङ रमाइलो भयो, परीबारे धेरै कुरा जान्ने मौका मिल्यो ।”

जात्राले जुराइदिएको सागरसँग आगामी दिनमा भेटघाट गर्ने प्रेक्षाले बताएकी छिन् । एकअर्कालाई बुझ्ने मौका मिल्यो, नयाँ मान्छेसँगको भेटघाटमा मन खुशी भएको उनको प्रतिक्रिया छ ।