५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


एक कप चिया दिवसमा मदनकृष्णले भने– सेवा गर्नु सबैको दायित्व


0
Shares

काठमाडौं । युवा नेत्र सेवाले आज नवौं एक कप चिया दिवस मनाएको छ ।

काठमाडौंमा कार्यक्रम गरी नयाँ दृष्टि प्रदान गर्ने काममा एक कप चियाबाट सहयोग गर्न युवा नेत्र सेवाले आग्रह गरेको छ ।

दैनिक एक कप चिया बराबरको संकलित वर्षभरिको रकमबाट युवा नेत्र सेवाले दृष्टिविहिन र मोतिया विन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।

अध्यारोबाट उज्यालोतर्फ भन्ने नाराका साथ संस्थाले विपन्न र दूर्गम क्षेत्रमा आँखाको निशुल्क परीक्षण गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आँखा विनाको जिवन कल्पना गर्न नसकिने भन्दै सेवा गर्नु सबैको दायित्व भएको बताए ।

युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले बिगत ८ बर्षदेखि संस्थाले आँखाको क्षेत्रमा काम गर्दे आएको जानकारी दिएन ।

कार्यक्रममा एक कप चिया बराबरको रकम दान गर्ने दाताहरुलाई सम्मानित गरिएको थियो ।