
काठमाडौं । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो ।
चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् ।
गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगीत पनि मगरकै रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ ।
यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।
चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवनन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।
योगीराम फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।
सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ठ’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् ।
लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्