२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बलिउड नायिका मल्लिकामाथि पेरिसमा हमला


0
Shares

पेरिस, मंसिर ३ । बलिउड नायिका मल्लिका शेरावतमाथि पेरिसमा हमला भएको छ ।

फ्रेन्च व्यापारी तथा आफ्नो प्रेमी साइरिल अक्जेनफेन्ससँग हिंडिरहेको अवस्थामा उनीमाथि हमला भएको हो । मुखुण्डो लगाएका तीन हमलाकारीले मल्लिका र उनको प्रेमीलाई अश्रुग्यास छर्किएको र सामान्य कुटपिट गरेको फ्रेन्च संचारमाध्यमले उल्लेख गरेका छन् ।

केही अघि अमेरिकी टेलिभिजन रियलिटी स्टार किम कार्दासियनमाथि लुटपाट भएकै स्थान नजिकै मल्लिकामाथि आक्रमण भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मल्लिका र उनका प्रेमी नीजि निवासमा पुग्नासाथ आक्रमणकारीले निशाना बनाएका थिए । घटना गत शुक्रबार नै भएको भए पनि हालैमात्र फ्रेन्च संचारमाध्यमले प्रकाशमा ल्याएका छन् ।

प्रहरीले सो घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार लुटपाटकै उद्देश्यले मल्लिका र उनको प्रेमीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । (एजेन्सी)