Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


वरिष्ठ कलाकार रत्न बेहोसीको सम्मानमा सांस्कृतिक कार्यक्रम


0
Shares

काठमाडौं, मंसिर २१ । कलाकार परिषदले वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यको सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दर्जनौं नेवारी गीतमा स्वर/संगीत दिइसकेका बेहोसीको सम्मानमा परिषदले आगामी पुस २ गते ललितपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमको पहिलो खन्डमा कलाकार बेहोसीका लोकप्रिय गीतहरु युवा गायकहरुले प्रस्तुत् गर्नेछन् । भूपेन्द्र बज्राचार्यले ती गीतहरुको संगीत संयोजन गरेका छन् ।

त्यसपछि बेहोसीलाई दोसल्ला ओढाइ अभिनन्दनपत्रका साथ नगद प्रदान गर्दै सम्मान गरिने छ ।

दोस्रो भागमा लोकप्रिय वरिष्ठ कलाकार अमरराज शर्मा, स्वयम्भूराज शाक्य, कलाकारहरु निशा देसार, सानुबाबु महर्जन, नाट्य एवं चलचित्र क्षेत्रका कलाकार कृष्णभक्त महर्जन, कलाकार आराध्यलक्ष्मी खड्गीले गीत, नृत्य प्रस्तुत् गर्नेछन् भने हास्यव्यंग्य क्षेत्रका लेखक/निर्देशक राजेशमान सिंहको ख्यालः (हास्यव्यंग्य नाट्य प्रस्तुति) प्रस्तुत रहने छ ।

नृत्य क्षेत्रका गुरुहरु मोहन ब्यञ्जनकार तथा संजय शर्मा राजोपाध्यायको नृत्य पनि उक्त कार्यक्रममा प्रस्तुत् हुनेछ भने वाद्यवादकहरु ईश्वर जोशी, मिलेश तण्डुकार, मिलन तण्डुकारबाट वाद्यवादन प्रस्तुत् हुने परिषदले जनाएको छ ।