
काठमाडौं । जुम्लाको सिन्जामा जन्मिएर सुर्खेतमा हुर्किए दिपक चौंलागाइ ।
गाउँमा सांगीतिक माहोल नभएपनि उनी गायनमा खुबै रुची राख्थे । स्कुलका स्टेजमा उत्रिएर गीत सुनाउँथे ।
संगीत उनको सौख थियो । संगीतमा नशा थियो । गायक बन्ने अनि दुँनिया नचाउने उनको बाल्यकालदेखिकै लक्ष्य थियो ।
लक्ष्य भए गन्तब्यमा पुगिन्छ भन्ने अठोटका साथ २०६५ सालमा उनले पहिलो गीत रेकर्ड गराए ।
क्याम्पस अध्ययन गर्दै रेकर्ड गराएको ‘तिम्रो मनको बोली’ सामान्य मात्र चल्यो ।
रामचन्द्र काफ्लेको संगीत र गीताञ्जली सोनामको शब्दमा दिपकले स्वर दिएको उक्त गीत ‘ट्रायल’का रुपमा बजारमा आयो ।
तर २०७० सालमा रेकर्ड भएको ‘जब तिम्रो’ बोलको गीतले दिपकलाई संगीतमा बामे सर्न सिकायो ।
सुनिल गिरीको शब्दमा तयार भएको उक्त गीतपछि दिपक संगीत साधन र संगीत कक्षा संचालनमा तल्लिन रहे ।
सुर्खेतको बागिस समूहको सांगीतिक प्रस्तुतीहरुबाट प्रभावित उनको तेस्रो गीत ‘सिङ्गल मिङ्गल’ अष्ट्रेलियामा छायाकंन भएपछि भने उनको सांगीतिक करियरमा नयाँ आयाम थपिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा साइन्स विषयमा स्नाकोत्तर गरिरहेका उनको यो गीतमा हाइ फाइभ क्रु समूहले दमदार डान्स प्रस्तुती दिएर नेपाल, अष्टे«ेलियालगायतका देशमा चर्चा कमाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्