५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


निर्भेस र रेवतीले जिते केएएनके २०१९


0
Shares

काठमाडौं । यस बर्षको मिस काठमाडौं नेवाः किण्डरगोर्डेन २०१९ ६ बर्षीय रेवती महर्जनले जितेकी छिन् भने मास्टर काठमाडौं नेवाः किण्डरगोर्डेन २०१९ ६ बर्षीय निर्भेस श्रेष्ठले जितेका छन् ।

नेवार समुदायको मातृभाषा नेपालभाषाको माध्यमबाट अध्यापन गराउँदै आएको काठमाडौं नेवाः किण्डर गार्डेन, खुसिबुँले आफ्ना विद्यार्थीहरुमाझ आयोजना गरेको यो प्रतिस्पर्धामा बेष्ट पर्सनालिटी सम्मान महर्जन, बेष्ट ड्रेस अक्षता ताम्राकार, बेष्ट स्पोकन मुखू महर्जन, बेष्ट नेपालभाषा लूजः महर्जन, बेष्ट वक तेन्जिङ येवाङ बज्राचार्य, बेष्ट पर्फमर सम्येक श्रेष्ठाचार्य, बेष्ट स्माइल सेसु महर्जन, बेष्ट एनरजेटिक अरोशा महर्जनले जितेका छन् ।

बज्र कला कुञ्जका प्रमुख चर्या अभियन्ता चन्द्रमान मुनिकारको प्रमुख आतिथ्यमा भएको उक्त प्रतिस्पर्धामा चलचित्रकर्मी रवि साय्मि, गायक एवं संचारकर्मी सुरजवीर बज्राचार्य तथा संचारकर्मी रेखा शाक्य निर्णायकका रुपमा उपस्थित थिए ।

हसना महर्जनको संयोजकत्वमा आयोजित कार्यक्रममा स्कुलका निर्देशक राजेन्द्र महर्जनले आफ्नो मन्तब्यको क्रममा मातृभाषा शिक्षामा वातावरण वनिरहेको भए पनि राज्यको प्रोत्साहन अनुभव नभएको बताए ।

१२५ भन्दा बढी भाषाहरु बोलिने देशमा मुस्किलले १० वटा भाषा पनि लोप हुने चिन्तामुक्त नरहेको बताउँदै राज्यले मातृभाषा शिक्षाको जिम्मेवारी निर्वाह नगरेको उनको गुनासो थियो ।