२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


चुरे वन क्षेत्रमा अवैध फडानी र चोरी निकासी बढ्यो


0
Shares

सिन्धुली । सिन्धुलीको चुरे वन क्षेत्रमा अवैध फडानी र चोरी निकासी बढेको छ ।

साल जातको काठ उत्पादनका लागि प्रख्यात मानिएको सिन्धुलीको चुरे वन क्षेत्रमा जिल्ला वन डिभिजन कार्यालयले गस्ती र निगरानी गर्न नसक्दा चोरी निकासी बढेको हो । यसले चुरे वनक्षेत्रको अस्तित्व नै धरापमा परेको छ ।

सर्लाही, महोत्तरी र धनुषाको सिमा क्षेत्रमा अवस्थित चुरे वन क्षेत्रमा तस्करी गर्नेहरुले दिन दहाडै वन फँडानी गरेर ओसार पसार गर्दासमेत सिन्धुली र मरिण वन डिभिजन कार्यालयले चासो देखाएका छैनन् ।

यसले चुरे र आसपासका क्षेत्रका मावन बस्ती पनि प्राकृतिक प्रकोपको जोखिममा पर्दै आएका छन् ।

जिल्लाको कुल १ लाख ६० हजार ७ सय ११ हेक्टर वनकोे क्षेत्रफलमध्ये करिव १३ हजार हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ ।

वनजंगल फँडानी हुँदै जान थालेपछि वातावरणविद् र सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।