
काठमाडौं । नेपालभाषाका चर्चित गायिका रत्नशोभा महर्जनको एकल साँझ सम्पन्न भएको छ ।
पूर्णकाजी ज्यापुको एकल रचना तथा संगीतकार एवं संगीत संंयोजक जूगल डंगोलको एकल संगीतमा सृजित गीतहरु गायिका महर्जनले प्रस्तुत गरेका थिए ।
कार्यक्रम भने जनकवि दुर्गालाल श्रेष्ठको सम्मानमा उनकै रचना “कँ न स्वां जुइ (काँढा पनि फूल बन्छ)’ सुनाएर शुरुवात गरे ।
स्वयम्भू वना पासा मुनाले ज्ञानमाला भजन खलः, स्वयम्भूको स्थापनाको ८१ बर्षको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ज्ञानमाला भजन संग्रहको २१ औं संस्करण लोकार्पण गरेका थिए ।
साथै ज्ञानमाला भजन अभियान ४१ बर्षदेखि निरन्तर योगदान गर्दै आएका पुण्य शाक्यलाई ज्ञानमाला मंगलहेरा सिरपा पुरस्कार प्रदान गरिएको थियो ।
संगीतकार डंगोलकै संयोजनमा १६ जना वाद्यवादकहरुको साथमा प्रस्तुत नेपालभाषाका गीतहरुमा सानुबाबु महर्जन, सतिष महर्जन, दीपा महर्जन, सुमन कपाली तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका थिए भने जुजुकाजी रंजित, माणिक शाही, रोजी डंगोल श्रेष्ठ, सोनी राजभण्डारीको पनि साथ रहेको थियो ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्