
काठमाडौं । माया–प्रेम, विछोड र जिम्मेवारीको कथामा आधार रहेर तयार भएको चलचित्र ‘जानी नजानी’ शुक्रबारबाट देशभरका हलहरुमा प्रदर्शन भएको छ ।
पहिलो दिन प्रदर्शनमा आएका अन्य चलचित्रको तुलनामा ‘जानी नजानी’ले दर्शकको मन तानेको छ । हलहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति देखियो ।
शुक्रबारबाट नै प्रदर्शनमा आएका अन्य दुइ चलचित्रको तुलनामा ‘जानी नजानी’ले धेरै दर्शकको ताली पायो ।
प्रेम र जीवनको सौन्दर्य साथै प्रेमको शक्तिले मानिसलाई सफलतातर्फ डोहोर्याएको कथाले दर्शकको मन तानेको छ ।
लोकेशन र कलाकारहरुको अभिनयलाई दर्शकले तारिफ गरेका छन् ।
चलचित्रमा जिम्मेवारीबाट पन्छिएको एक धनाढ्य बाबुको छोरालाई युवतीले कसरी जिम्मेवारी बहन गर्न सिकाउँछिन् भन्ने देखाइएको छ ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली रहेका छन् ।
६४ दिनसम्म काठमाडौं, पोखरा र भारतको मनालीमा सुटिङ गरिएको चलचित्रमा नेपालको पूरानो ढाका उद्योगलाई पुर्नजीवित गरिएको साथै युवा र युवतीबीचको प्रेम, रोमान्स र सौन्दर्यता भावलाई देखाउन खोजिएको छ ।
निर्माता मोदनाथ खनालले पहिलो दिन हलहरुमा दर्शकको उपस्थितिले आफूलाई उत्साहित बनाएको बताए ।
कथाबस्तु, लोकेशन र कलाकारहरुको अभिनयलाई दर्शकले तारिफ गरेको उनले बताए ।
साथै उनले भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो फिल्ममा डेब्यु गरेको समेत जनाए ।
बसन्त अधिकारीले निर्देशन चलचित्रमा मा मनिष श्रेष्ठ, सन्नी सिंह, निरिशा बस्नेत, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, रोशनी केसी, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
संगीत अर्जुन पोखरेलले दिएका छन् भने सञ्जय लामाको छायाँकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्