
काठमाडौँ । तेम्बा शेर्पा र दिपा लामाको स्वरमा सजिएको नयाँ गीत ‘च्याङ्ग्बा तलाई मेरो माया लाउँछ भनेत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
दिपक शर्माको शब्द शृजनामा तयार भएको गीतले परवारमा रहेका प्रेमी र स्वदेशमा परहेकी प्रेमीकाको प्रतिक्षात्मक घडीलाई नजिकबाट केलाएको छ ।
युवराज वाईवाले निर्देशन गरेको भिडियोले पछिल्लो समय छोरा मान्छे कामको शिलशिलामा परदेश जानुपर्ने बाध्यता र प्रेमीकाले आफ्नो प्रेमी आउने दिन गन्दै बसिरहेका लाखौँ प्रेमील जोडीहरुको मर्मलाई भिडियोमा उर्तान सफल देखिन्छन् ।
जसमा निराजन प्रधान र निरन्जली लामाले जिवन्त अभिनय गर्न सफल देखिन्छन् ।
नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतको भिडियो उत्सब दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।
मनिता गहतराजको कोरियोग्राफी रहेको गीत सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्