
काठमाडौं । गीतकारका रुपमा स्थापित बनेका डी.आर. अब साहित्यकारका रुपमा पनि देखिएका छन् । उनले भर्खरै सार्वजनिक गरेको उपन्यास ‘तिलस्मी’ले यसको पुष्टी गरेको छ ।
हालै काठमाडौंमा आयोजित एक समारोहमा उनको ‘तिलस्मी’ प्राध्यापक डाक्टर सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल र उपन्यासकार डीआर ले उपन्यासको संयुक्त रुपमा विमोचन गरे ।
३ सय ३४ पृष्ठको उपन्यास सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने किसिमले सिर्जना गरिएको उपन्यासकार डिआरले बताए ।
उपन्यासको कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आईरहेका अन्य उपन्यासहरुभन्दा केही फरक र पृथक लेख्ने प्रयास गरेको उनले बताए ।
वि.स २०५८ सालदेखि औपचारिक रुपमा गीत लेखनमा सक्रिय देर्खिका डिआरका पाँचवटा गीति एल्बम बजारमा छन् । त्यस्तै विभिन्न तीनवटा पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।
उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको छ ।
शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्