३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


अक्षयलाई उत्कृष्ट नायकको अवार्ड, सामाजिक सञ्जालमा आलोचना


0
Shares

शुक्रबार (आज) नयाँदिल्लीमा आयोजित ६४औं नेसनल फिल्म अर्वाडको घोषणामा अक्षयलाई रुस्तम फिल्मबाट उत्कृष्ट नायकको अवार्ड दिने घोषणा गरिएको छ ।

अक्षयले ‘दंगल’ फिल्मबाट अमिर खान र ‘पिंक’ फिल्मबाट अमिताभ बच्चनलाई पछाडि पारेर ‘रुस्तम’ फिल्मबाट उत्कृष्ट नायकको अवार्ड पाउने भएपछि उनलाई अमिर खानसँग तुलना गर्दै सामाजिक सञ्जालमा अमिर खानका फ्यानहरुले तीव्र आलोचना गर्न सुरु गरेका छन् ।

सामाजिक सञ्जालमा अक्षय कुमारले ‘रुस्तम’मा गरेको अभिनयभन्दा अमिर खानले ‘दंगल’मा गरेको अभिनउय अब्बल भएको भन्दै अक्षयलाई अवार्ड नलिन अनुरोधसमेत गरिएको छ ।

गगन अधिकारी नाम गरेका एक व्यक्तिले ट्वीट गर्दै भनेका छन्–‘मैले सोचिरहेको छु, अक्षय सर तपाइँले नेहनल अवार्ड लिनुहुने छैन, रुस्तममाभन्दा त एअरलिफ्ट राम्रो थियो, तर अमिर खानको दंगलको अगाडि रुस्तम एक सानो छ ।’

अक्षय कुमारलाई अवार्ड नलिन अनुरोध गर्नेमात्रै नभइ उनलाई बधाइ दिनेहरुले पनि सामाजिक सञ्जालमा उत्तिकै छन् । किनभने उनले बलिउड करिअरमा पहिलोपटक नेसनल अवार्ड पाउँदैछन् ।

दिल्लीमा राष्ट्रिय अवार्डको घोषणा गर्ने जुरी प्रमुख प्रियदर्शनले पहिलो रोजाइमा मोहनलाल र अक्षय कुमार छनोट भएको बताएका छन् ।

उनले भनेका छन्–‘मोहनलालको लागि जुरी अवार्ड दिइएको छ, अक्षयलाई उत्कष्ट भूमिका निभाएबापत यो पुरस्कार दिइएको हो ।’

उनले ‘दंगल’ दुईपटक हेरेको तर उत्पादन र विषयवस्तुका हिसाबले ‘रुस्तम’मा देखाएजस्तो नभएकोसमेत उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा अमिर खानको सर्मथकहरु बढी हाबी भएका छन् र उनीहरुले अक्षय कुमार यस अवार्डको लागि लायक नभएको भन्दै नलिनसमेत आग्रह गरेका छन् ।

त्यस्तै, उनीहरुले जुरी सदस्यहरुलाई उक्त अवार्ड दंगलमा उत्कृष्ट भूमिका निभाएबापत अमिर खानलाई दिनसमेत आग्रह गरेका छन् भारतको ६४औँ नेसनल फिल्म अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘नीरजा’ फिल्मले पाएको छ । त्यस्तै उत्कृष्ट नायिकामा ‘मिन्नामिनुंगु’ फिल्मबाट सुरभी लक्ष्मी, उत्कृष्ट सहनायिकामा ‘दंगल’ फिल्मबाट जैरा वासिम, उत्कृष्ट बालकलाकारमा कुञ्जु दैवम् फिल्मबाट अधिस प्रविण, नुर इस्लाम फिल्मबाट साज, रेल्वे चिल्ड्रन फिल्मबाट मनोहराले अवार्ड पाएका छन् ।

त्यस्तै, ‘पींक’ फिल्मले उत्कृष्ट सामाजिक फिल्मको अवार्ड पाएको छ भने उत्कृष्ट बालफिल्मको अवार्ड ‘धनक’ फिल्मले पाएको छ ।

६४औँ भारतीय राष्ट्रिय अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड ‘भेन्टिलेटर’ फिल्मबाट राजेशले पाएका छन् । एजेन्सी