
अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा सोलो डान्स प्रस्तुत गरेकी छन् । लिम्बुले हट एण्ड बोल्ड सिन दिएकी छन् ।
उक्त भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीत र कम्पोज अशुसेन लामाको छ । केही महिना यता नेपालमा रहेकी अनिताले मोडलिङ र अन्य प्रोजेक्टमा काम गरिरहेको बताइन् ।
एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी अनिताले ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन् ।
लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् ।
मिस च्यारिटीमा टपटेन, बर्मिङहममा फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् । लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाएकै हुन्छिन् ।
प्रतिक्रिया दिनुहोस्