३० असार २०८२, सोमबार | Mon Jul 14 2025


चःमति संगीत सम्मानबाट गायक जुजुकाजी रंजित सम्मानित


0
Shares

चःमति नेवाःखलः, चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा विशिष्ट गायक जुजुकाजी रंजितलाई ‘चःमति संगीत सम्मान’ले सम्मानित पनि गरिएको थियो ।

वि.स. २०२२ सालमा रेडियो नेपालबाट नेपालभाषाको कार्यक्रम जीवनदबू प्रशारण रोकेको विरोधमा आयोजना भएको विभिन्न कार्यक्रममा सहभागी हुँदै सम्मानित गायक रंजितको सांगीतिक यात्रा शुरु भएको थियो ।

नेपाल भाषाका २०० र नेपाली भाषाका २०० गीत रेकर्ड गराइसकेका गायक रंजित चिरपरिचित पाश्र्व गायक पनि हुन् ।

मोडर्न सङ्स अफजुजुकाजी, स्वय्नगु र काली गण्डकीको पानी एल्बम बजारमा ल्याइसक्नु भएका गायक रंजितलाई प्रमुख अतिथिउद्योग मन्त्री नविन्द्रराज जोशीले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा प्रस्तुत गरिएका गीतका रचनाकार पूर्णकाजी ज्यापुका भने हालसम्म नेपाल भाषाका ८ वटा गीति संग्रह, ४ वटा म्यूजिक भिडियो संग्रह, ज्ञानमाला भजनका २ पुस्तक सार्वजनिक भइसकेका छन् भने एउटा चलचित्र हिसिमति निर्माणको क्रममा छ ।

यसैगरी आर्टोम्यूज रेकर्डिङ स्टुडियोका संचालक संगीतकार जुगल डंगोलका नेपाल भाषाको “जितःयःम्ह मय्जु” र नेपालीभाषाको “अभिष्ट” गीति संग्रह सार्वजनिक भइसकेका छन् ।

हालसम्म विभिन्न संग्रहमा गरी ५०० भन्दा बढी गीतमा संगीतदिएका छन् भने करिब २००० गीतहरु संगीत संयोजक गरिसक्नु भएको छ । शनिवार आयोजित सांस्कृतिक साँझमा सहभागी १४ वाद्यवादक संगीतकारहरुको संयोजक पनि संगीतकार डंगोलले नै गरेका थिए ।

कार्यक्रममा गणेश परियार, मोहनकृष्ण कार्की, मनोहर सुनाम, मनराजा नकर्मी, अनुप दास, किशोर कार्की, भूपेन्द्र बज्राचार्य, रविनकार्की, सुन्दरकुमार महर्जन, राजिव श्रेष्ठ, नगेन्द्र विक्रम राई, प्रज्वल लामा, रोजमान महर्जन, लक्ष्मी प्रसाद डंगोल वाद्यवादक संगीतकार रहेका थिए भने गायकहरु जुजुकाजी रंजित, संगीता शाक्य थापा, सरस्वती मानन्धर, सतिष महर्जन, सानुबाबु महर्जन, नीशा देसार, माणिक शाही, रत्नशोभा महर्जन, दीपा महर्जन, उत्तम महर्जन, रोजी डंगोल श्रेष्ठ, बिरज महर्जन, सरीता महर्जनले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रचनाकार पूर्णकाजी ज्यापुका पिता कान्छाभाई ज्यापुले नेपाल भाषाको गीति संग्रह“ला छकू वय्कः समय्बजि”विमोचन पनि गरिएको थियो ।

विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको आयोजक चःमति नेवाःखलःले हाम्रो संस्कृतिहामी संरक्षण गरौं भन्ने नाराका साथयो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा सहयोगी तथा सहभागीवाद्यवादक, संगीतकार, गायकहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रम सुरजवीर बज्राचार्यले सञ्चालनगरेका थिए ।