
-तस्विर सौजन्य: नबिन बाबु गुरुङ
यो आन्दोलन पनि ०६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । पाँचौं दिन पार गरिसक्दा आन्दोलनले अझै वृहत रुप लिएको छ ।
सन्दर्भ काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘आन्दोलन’को हो ।
गत साताको बिहीबारदेखि मञ्चन थालनी गरेको नाटकले राजनीतिक विषयमा रहेर कथाको उठान गरेको छ ।
०६२/६३ को आन्दालनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पुर्याएको भूमिका र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाजलाई नाटकले समेटेको छ ।
राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरेपनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’भन्ने मूल मर्म नाटकले बोल्छ ।
हाम्रो हरेक समय र कार्यहरुस“ग राजनीति जोडिएको हुन्छ र राज्यको समृद्धिमा को जिम्मेवारी राजनीतिान निर्भर रहन्छ भन्ने उन्नत सोचलाई युवापुस्तामाझ बहसका लागि यो नाटक मञ्चन गरिएको निर्देशक सुदाम सिके बताउँछन् ।
निर्देशक सुदामले आफू पनि पहिला राजनीतिलाई वेवास्ता गर्ने बताउँदै भने: ‘६२/६३ को आन्दोलनका समयमा गाउँ-गाउँबाट मानिसहरु आन्दोलनमा सहभागी हुन सहर आइरहदा आफू भने आन्दोलनको वेवास्ता गर्दै गाउ जाने युवामध्येको एक हुँ’ ।
पछि लाग्यो, म गलत रहेछु, राजनीति त हामीले फेर्ने हावामा पनि छ ।’ उनले नाटकको मूल पात्र जसले राजनीतिलाई वेवास्ता गर्छन्, उसको नाम नै ‘सुदाम’ राखेर आफूलाई पनि मञ्चमा उतारेका छन् ।
नाटकका लेखक सौरभ कार्की हुन् । नाटक आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले नाटकमा दशृकको राम्रो सहभागीता रहेको जनाए ।
उनले भने, ‘विषयवस्तुको हिसाबले फरक र ठाडो खालको यो नाटक हाम्रो लागि चुनौती हो, दर्शक कत्तिको पाउला भन्ने डर थियो ।
अहिले आन्दाृलनमा सहभागी हुन आउने आन्दोलनकारीहरुको भीड देखेर चुनौती उठाएको ठिक भएछ भन्ने लागिरहेछ ।
विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो । उनले पहिले लेखिसकेका कथालाई नाटकको रुप दिएका हुन् ।
नाटक विधा लेखनको हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ ।
फोटो प्रदर्शनी जारी
१९ दिने आन्दोलनको सम्झनामा १९ दिनसम्म चल्ने नाटकको समयावधिभर नाटकघरबाहिर फोटो प्रदर्शनी पनि जारी ।
फोटो कलाकार दिपेन्द्र बज्राचार्यले १९ दिने आन्दोलनमा खिचेका १९ वटा फोटोहरु ‘तस्वीरमा आन्दोलन’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।
नाटक तथा प्रदर्शनी २०७४ वैशाख ११ सम्म हरेक दिन ५ः३० बजे र शनिबार दिउ“सो १ः३० बजे पनि चल्नेछ । नाटकमा रियर राई, संयोग गुरागाईं, इ“गिहोपो कोइ“च सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडाले अभिनय गरेका छन् ।
त्यस्तै सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायतको नेपथ्य संयोजन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्