
गायक तुलाधरको अन्नपूर्ण क्यासेट सेन्टरले नयाँवर्षको अवसरमा ‘टुबोर्ग न्यू इयर इभ २०७४’ आयोजना गर्न लागेको हो ।
कार्यक्रममा रामकृष्ण खड्गी, पवित्र कसाः, सरिता शाही, रुपेश डंगोल, दीपा महर्जन, राजेश महर्जन, सन्देश श्रेष्ठ, कुमार लामा योञ्जन, रत्नशोभा महर्जन, विकास श्रेष्ठ, एन्जिला सिंह श्रेष्ठ र मचा राजा महर्जनले पनि आ–आफ्नो गीत प्रस्तुत् गर्नेछन् ।
रवि डंगोल बेइमान र पूर्ण थापाको हास्यव्यंग्य प्रस्तुतिसमेत रहने सो कार्यक्रममा सुरेन्द्र महर्जन, आराध्य लक्ष्मी खड्गी, सरिता शाही र नैना खड्गीले भने नृत्य प्रस्तुत् गर्नेछन् ।
विनायक मल्टी भेन्यु, खुसिबुँ लिंकरोडमा कार्यक्रम हुने जनाइएको छ ।
कार्यक्रमका संयोजकसमेत रहेका गायक भीम तुलाधर र अर्का संयोजक मनोजरत्न शाहीले लोकप्रिय कलाकारहरुको पुनःआगमन साथै नयाँ कलाकारलाई प्रोत्साहन दिने उद्देश्यका साथ नयाँवर्ष मनाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्