Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता, सबैभन्दा बढी एमालेको


0
Shares

                                                                                   फाइल फोटो

शनिबार दिउँसोसम्म संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् ।

सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो ।

संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् ।

संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ ।

संविधान संशोधन विधेयकको धारा वा उपधारा वा त्यसमा प्रस्तुत् भएको संशोधनलाई सभामुखले एक/एक गरी बैठकमा प्रस्तुत् गर्नुपर्ने हुन्छ ।

‘संविधान संशोधनसम्बन्धी विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव संसदमा तत्काल कायम रहेका कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुनेछ ।

‘संविधान संशोधन गर्ने विधेयक पारित गरियोस्’ भन्ने प्रस्तावमा संसदको मत विभाजनद्वारा निर्णय लिइनेछ ।

Skip This