Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


आफ्नै कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी


0
Shares

एमाले स्थायी कमिटीले शनिबार मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाइँ, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो ।

तर, एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिए ।

प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावनाविपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् ।

हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाईमात्र सिफारिस गर्ने गरेको भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । रासस