शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तोकिएकै समयमा निर्वाचन गर्ने वातावरण बनाउन सत्ताधारी दलहरुलाई आग्रहसमेत गरेको छ ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचनको वातावरण बनाउन संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने एमालेको धारणा रहेको बताउँदै सरकारले विधेयक फिर्ता नलिए चुनाव गर्न कठिनाइ हुनेसमेत एमालेले निष्कर्ष रहेको जनाए ।
एमालेले अधिकांश ठाउँमा सर्वसम्मत् उम्मेदवारहरुको चयन भइसकेको र बाँकी उम्मेदवारहरुको टुंगो आइतबारसम्म लाग्ने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्