Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सबै दललाई समेटेर निर्वाचनमा जाने कांग्रेसको निर्णय


0
Shares

                                                                                   फाइल फोटो
कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार बिहान भएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा तराई–मधेसकेन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराइ चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसदको ठूलो दल भएका नाताले कांग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताए ।

यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नम्बर–३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवं नगरपालिकाका उम्मेदवारको टुंगो पार्टीले लगाइसकेको छ । टुंगो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताए ।

बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आइतबार भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो । रासस

Skip This