५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


माइतीघर मन्डलामा ‘लुट्न सके लुट…’, जस्ताको तस्तै पुनः युट्युबमा राख्न माग


0
Shares

काठमाडौं, फागुन ५ । चर्चित लोकगायक पशुपति शर्माले देशमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक विकृतिमाथि प्रहार गर्दै गाएको गीत अहिले सर्वत्र चर्चामा छ ।

गएको बिहीबार युट्युबमार्फत् सार्वजनिक गरिएको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत सत्ताधारी दलहरुको निशानामा परेपछि चर्चा झन् बढेको छ ।

उक्त गीत सरकारी दबाबमा युट्युबबाट हटाइको भन्दै विवेकशील नेपाली पार्टीलगायतका राजनीतिक पार्टी र युुवा समूहले आइतबार अपराह्न उक्त गीत माइतीघर मन्डलामा सार्वजनिकरुपमा बजाएका थिए ।

जस्ताको तस्तै पुनः युट्युबमा राख्न माग

यसैबीच, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक शर्माको गीतलाई जस्ताको तस्तै पुनः युट्युबमा राख्न माग गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकले कसैको धाक–धम्कीको भरमा स्रष्टाका सिर्जनालाई तोडमोड गर्न नमिल्ने निष्कर्ष निकाल्दै जस्ताको तस्तै ‘अपलोड’ गर्न माग गरेको हो ।