Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कुनैपनि हालतमा उम्मेदवारी फिर्ता लिन्नँ : दिनेश कोइराला


0
Shares

असहमतिमात्रै जनाएको नभइ भरतपुर महानागरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार बनेका दिनेश कोइरालाले बिहीबार उम्मेदवारी फिर्ता पनि लिएनन् ।

कोइरालाले विहीबार साँझ हामीसँग कुरा गर्दै कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए ।

केन्द्रमा सहमति भएको खबर पाएपछि चितवन कांग्रेसका नेता तथा कार्यकर्ताहरु विहीबार पार्टी कार्यालयमा भेला भएर नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्लासमेत जलाए ।

यस्तै, चितवनका कांग्रेस सांसद रामकृष्ण घिमिरले पनि भरतपुरमा कांग्रेस आफैं सुदृढ रहेकाले कसैसँग तालमेलको जरुरी नरहेको बताएका छन् ।

Skip This