Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काठमाडौंदेखि लुम्बिनीसम्म साइकलयात्रा हुने


0
Shares

विगत पाँच वर्षदेखि ‘टुर डे लुम्बिनी पेडल फर पिस’ले आयोजना गर्दै आएको साइकलयात्रा यस वर्ष वैशाख २४ गते काठमाडौंबाट सुरु भएर २७ गते बुद्धजयन्तीका दिन लुम्बिनी पुगेर समापन हुने जनाइएको छ ।

साइकलयात्रामा युनेस्कोको प्रतिनिधिसहित १०८ जना सहभागी हुने विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यात्राको पहिलो दिन स्वयम्भूनाथ परिक्रमा गरिनेछ ।

Skip This