दुबै पार्टीका नेताकाअनुसार पोखरा–लेखनाथ महानगरपालिका प्रमुखका लागि उम्मेदवार विश्वप्रकाश लामिछानले उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केन्द्रीय नीतिअनुसार नै महानगरपालिकाको उम्मेदवारीमा एकले अर्कोलाई सघाउने निर्णय भएको बताइन् ।
सहमतिअनुसार कांग्रेसका तर्फबाट भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवारी फिर्ता लिइएको छ ।
महानगरपालिकाका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।
सभापति देउवाले आयोगलाई पत्र लेखेर भरतपुरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाल र उपप्रमुखमा कांग्रेसका तर्फबाट उम्मेदवार पार्वती थापालाई माओवादी केन्द्रले समर्थन गर्ने उल्लेख गरेका छन् ।
सो निर्णयानुसार माओवादी केन्द्रले उपप्रमुख सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता लिएको छ ।
माओवादी केन्द्र ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्यले उम्मेदवारी फिर्ता लिइएको पत्र निर्वाचन आयोगको कार्यालय भरतपुरलाई पठाएका छन् ।
यस्तै, कांग्रेसको बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले सरकारमा रहेका दलको सहमतिका आधारमा नै चार महानगरपालिकामा तालमेल गर्ने निर्णय गरेको थियो ।
कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भएको जानकारी दिएका थिए ।
दुई दलबीच काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा पनि तालमेल गर्ने बताइएपनि ती महानगरमा भने दुबै दलका तर्फबाट उम्मेदवारी फिर्ता लिइएको छैन । रासस









प्रतिक्रिया दिनुहोस्