Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


विपक्षीको अवरोधपछि संसद बैठक वैशाख २४ गतेसम्मका लागि स्थगित


0
Shares

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत् गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाकाबारेमा तपाइँहरुले ज्ञान राख्नुभएकै छ, प्रक्रियाको पालना गरौं’ भनी आग्रह गरिन् ।

तथापि, विपक्षीले अवरोध जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरियो ।

विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराऊ गरी त्यहीँ रोकेका थिए ।

बैठक स्थगनको घोषणापछि घेराऊ हाल्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो । रासस

Skip This