Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भरतपुरमा रेणु दाहाललाई सघाउन चितवन कांग्रेसले अघि सार्‍यो यस्तो शर्त


0
Shares

चितवन कांग्रेसको शुक्रबार बसेको बैठकले व्यापक असन्तुष्टिकाबीच केन्द्रको निर्णयअनुसार प्रधानमन्त्रीपुत्री रेणु दाहाललाई सहयोग गर्न चितवन कांग्रेस तयार रहेको भन्दै शर्त अघि सारेको जनाइएको हो ।

रेणु दाहाललाई सहयोग गरेबापत भरतपुर महानगरका २९ ओटै वडाका वडाध्यक्षमा कांग्रेसका उम्मेदवारहरुलाई माओवादीले सहयोग गर्नुपर्ने शर्त अघि सारिएको हो ।

कांग्रेसले बिहीबार भरतपुर महानगरपालिका प्रमुखका कांग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी जबर्जस्ती फिर्ता लिएपछि चितवन कांग्रेसमा व्यापक असन्तुष्टि बढेको छ ।

Skip This