Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सिन्धुलीमा उम्मेदवारी फिर्ता लिन धम्की दिने चन्द माओवादीका तीन कार्यकर्ता पक्राउ


0
Shares

पक्राउ परेकाहरुले निर्वाचनमा सहभागी नहुन र निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन धम्की दिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका–२ भद्रकालीका सुजन श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिका–७ क्यानेश्वरका हरिकृष्ण भनिने बोधराज घिमिरे र गोलान्जोर गाउँपालिका–६ का जुद्धबहादुर विश्वकर्मा रहेका छन् ।

पक्राउ गरिएकाहरुलाई वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सकिएपछि मुक्त गरिने प्रहरीले जनाएको छ ।