शनिबार राजधानीमा गरिएको साक्षात्कारमा नेता ज्ञवालीले सबैपक्षले अदालतको निर्णयको सम्मान गर्नसके सहमति जुट्ने बताए ।
उनले जेठ १५ अघि नै स्थानीय तहको दोस्रो चरणको निवार्चन गर्न पनि माग गरे ।
साक्षात्कारमा नेपाली कांग्रेसका नेता एनपी साउदले सर्वोच्च अदालतको निर्णयले कार्यपालिका र व्यवस्थापिकाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको दाबी गरे ।
उनले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने पनि बताए ।
कार्यक्रममा माओवादी नेता मणि थापा र राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनाललगायतले राष्ट्रका सबै संवैधानिक अंगहरु शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सन्चालन हुनुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्