Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको दुईवटा गाडीमा आगजनी


0
Shares

धुनिबेसी नगरपालिका–५ चुनाव प्रचारमा प्रयोग गरिएका दुई वटा गाडिमा शनिबार राति आगजनी भएको हो ।

युनाईटेड सिमेन्ट कारखाना नजिकै राखिएका बा ३ च १७०३ र बा १२ च १२७६ नम्बरका गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि धादिङकै थाक्रे गाउँपालिकामा शनिबार एमाले वडाअध्यक्ष पदका उम्मेदवारले प्रयोग गरेको गाडिमा पनि अज्ञात समूहले आगजनी गरेको थियो ।