Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


न्यायालय र व्यवस्थापिकाबीचको द्वन्द्व सुरक्षित अवतरण उन्मुख (भिडियो)


0
Shares

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव विधिवत रुपमा प्रवेश गरेको सभामुख ओनसरी घर्तीले बताइसकेकी छन् । आइतबार संसद बैठक स्थगित गर्ने कारणबारे आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसदमा पेश भएको प्रस्ताव कसरी अगाडी बढाउने भन्ने विषय संसदमै निहित हुने बताइन् ।

राज्यका अंगहरुबीचको विवादले लोकतन्त्रलाई संस्थागत गर्न कठिन हुने धारणा राख्दै सभामुख घर्तीले जेठ ४ गते सम्म बैठक स्थगित गरेर संवाद र सहमतिबाटै निकास निकाल्नका लागि दलहरुलाई समय दिएको बताइन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।